झापा। झापाको शिवसताक्षी नगरपालिका–५, शिवगञ्जस्थित कन्काई नदीमा नुहाउने क्रममा डुबेर स्थानीय २५ वर्षीय काठु ताजपुरियाको मृत्यु भएको छ । नदीमा डुबेका ताजपुरिया मंगलबार दिउँसो मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

त्यस्तै मोरङको पथरी–शनिश्चरे नगरपालिका–४ स्थित पूर्वे खोलामा नुहाउन गएकी स्थानीय ७ वर्षीया सुमेरुका खत्रीको डुवेर मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार मंगलबार दिउँसो साथीहरुसँग नुहाउन गएकी सुमेरुका खोलामा डुबेपछि उनलाई उद्दार गरी उपचारका लागि पथरी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको सोही अस्पतालमा अपराह्न ४ बजे मृत्यु भएको हो ।

त्यसैगरी धनकुटाको पाख्रिबासमा चट्याङ लागेर स्थानीय ३४ वर्षीया कोपिला मगरको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका–२ कि मगरको मंगलबार साँझ खसेको चट्याङका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।

साँझ ६ बजेतिर घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते कोपिलाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी प्रहरीले दिएको छ ।