काठमाडौं -बैदेशिक रोजागारीमा जाने कामदारहरुलाई प्रयोग गरी सुन तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मंगलबार दिउँसो २ सय ५० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ठहिटीका रतनलाल श्रेष्ठ, उदयपुरकी लिला कुमारी श्रेष्ठ र सिरहाका इन्द्र सवे छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुसँग ५० ग्रामका ५ वटा चुराबरामद गरिएको प्रहरीले जनाएको छ।

स २ प ४०२८ नम्बरको मोटरसाइकलमा सवार रतनलाल र लिलादेवीलाई पक्राउ गरी खानतालासी गर्दा ४ वटा चुरा बरामद भएको थियो। लगत्तै उनीहरुसँग सम्पर्कमा आएका सवेलाई एउटा चुरासहित प्रहरीले पक्राउ गरेको हो।

बैदेशिक रोजगारीबाट फर्कदा ५० ग्रामसम्मको सुनका गहना ल्याउन पाइने भएकाले उनीहरुले कामदारलाई प्रयोग गरी सुन तस्करी गर्दै आएका हुन्। दुबईमा एक तोला करिब ८ हजार रुपैयाँ सस्तो हुने भएकाले यस्तो प्रकारको तस्करी बढेको हो। नेपाल लाइभ