चितवन, ५ बैशाख । २००६ साल बैशाख ९ मा नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टी स्थापना गरेको अवसर पारेर दुई कम्युनिष्ट पार्टी एकता गर्ने प्रयासमा रहेको नेकपा एमाले र माओवादीबीचको एकता केही पर सर्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार चितवन आयोजित एक कार्यक्रममार्फत बैशाख ९ गते गर्ने यसअघिको प्रतिबद्धता पूरा नहुने उद्घोष गर्दै पार्टी एकता प्रक्रिया पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल तीव्र पार्ने जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैशाख ९ गतेको समयसीमाभित्र पार्टी एकता नभएपनि अध्यक्ष पुष्पकमल दाहालले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने दावी गरेका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय निर्वाचन चिन्ह, संगठानिक संरचनालगायतमा सहमतिमा पुग्न बाँकी रहेकाले बैशाख ९ गते एकता घोषणा हुन नसक्ने बताए ।

जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषयमा अन्तिम सहमतिमा पुग्न बाँकी रहेको समेत अध्यक्ष प्रचण्डले जानकारी दिए ।