प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकाको अभिभाकत्व ग्रहण गरेका छन् ।
ओलीले सिरहाको कल्याणपुर पुगेर अति पीछडिएको दलित समुदायका दुई जना बच्चालाई विद्यालयमा भर्ना गराएका हुन् ।
बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित कल्याणपुर पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा भर्ना गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भर्ना अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन समेत अपिल गरेका छन् ।
बुधबार बिहान मात्र रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौँको धुम्रबराह माविमा एक÷एक जना बालिकाको अभिभाकत्व ग्रहण गरिसकेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि अभिभाकत्व ग्रहण गर्न चितवन पुगेका छन् ।










