दमक / दमक चिसापानी रबि सडक अर्थात फाल्गुनन्द मार्गको ड्रेन सहितको कालोपत्रे अब शुरु हुने भएको छ । झापा र इलामको सिमानाबाट इलाम तर्फ तत्काल ६ किलोमिटर डबल लेनको सडक कालो पत्रे र ड्रेनका लागि करिब ४० करोडको लगत स्टेमेट स्वीकृत भएर बोलपत्र आव्हान भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताएकाछन् ।

पुरीले यो एउटा ठूलो उपलब्धि भएको बताउदै केन्द्र र प्रदेश सरकारले समेत तीन बर्षभित्रमा कालोपत्रे गरिसक्ने आश्वसन दिएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि दिन अघि यहि सडकमा पर्ने घर्ती दोभान र बाघमारा खोलामा आज अर्थ तथा योजना मन्त्री इन्द्र आङ्बो ९(मौसम) ले पुलको शिलन्यास गर्दै यो सडक ३ बर्षभित्रमा पीच गरिसक्ने प्रतिबद्धता समेत जनाइसेकाछन् ।