कलंकीको गेष्ट हाउसमा छापा हानी प्रहरीले २ युवक र २ युवतीलाई पक्राउ गरेको छ। अपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुसँग खुकुरी तथा लागूऔषध बरामद भएको महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रहरी निरीक्षक शर्मिला गुरुङले बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु डेढ महिनादेखि सो गेष्ट हाउसमा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरु लागूऔषधको सेवन र कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। गेष्ट हउासको शौचालयमा लुकाएर राखेको खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल लाइभ बाट