वि.सं. २०२८ मा शुरु भएको झापा आन्दोलनका हस्तीमध्ये एक राधाकृष्ण (आरके) मैनालीको ‘नलेखिएको इतिहास’ नामक पुस्तकमा २०४६ सालको जनआन्दोलनमा भारतले तत्कालीन मालेका नेताहरुमध्ये एक माधवकुमार नेपालमार्फत हातहतियारसमेत सहयोग गर्ने प्रस्ताव पठाएको प्रसंगलगायत इतिहासको गर्भमा लुकेका केही प्रसंगहरुसमेत यस पुस्तकमा पढ्न पाइन्छ। मैनालीले ‘नलेखिएको इतिहास’ नामक आफ्नो किताबको भाग छ (पृष्ठ–१२३) मा उल्लेख गरेअनुसार ‘ललितपुर (पाटन) को च्यासलमा २०४६ फागुन २०÷२१ गते तत्कालीन मालेको केन्द्रीय कमिटीको बैठक बसेको थियो। मैनालीले उक्त बैठकको प्रसंग उल्लेख गर्दै लेखेअनुसार, सो बैठकमा महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि केन्द्रीय सदस्यहरुले थप एजेन्डाहरु राख्ने क्रममा शुरुमै माधवले प्रस्ताव राखे, ‘यो आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ।’

‘के सहयोग ?’ मदनले सोधे। ‘हतियारको सहयोग’, माधवले सगर्व भने। ‘हतियार चलाउन तालिम लिनुपर्यो। हामीसंँग अनुभवी कार्यकर्ता छन् र ?’ मदनले फेरि सोधे। ‘हतियार चलाउने मानिस पनि आउँछन्’, माधवले फरर्र जवाफ दिए। आन्दोलनलाई गणतन्त्रमा पुर्याउन सहयोग स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए, माधवले। मदनले चुप लाग्न इशारा गरे र भने, ‘विवेक (माधवको भूमिगत कालको नाम) कमरेड, यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौं। तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो। राष्ट्रको स्वाभिमान लुट्ने चाल हो। त्यसैले यसलाई फिर्ता लिइहाल्नोस्।’ माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता गर्न लगाए, मदनले।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि चैत २ गते च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो। अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव फेरि माधवले दोहोर्याए, ‘एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ। हतियार नेपालीहरुले नै प्रयोग गर्ने गरी।’ ‘कसरी ?’ मदनले सोधे। ‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरुले ती हतियार चलाउनेछन्। अब जसरी पनि नेपालमा गणतन्त्र ल्याउनुपर्छ’, माधवले निर्धक्कसँग भने।

स्मरणीय छ, यो प्रसंगले गर्दा नेकपा एमालेले ‘नलेखिएको इतिहास’ नामक किताबमा आफ्ना नेताहरुको बारेमा लेखिएको प्रसंगहरु भ्रामक रहेको भनी विज्ञप्ति नै निकाल्नुपरेको परेको थियो भने माधवकुमार नेपालले आरकेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।

यहि प्रसंगलाई लिएर Apr 12, 2017 को टफटकमा दिलभुषण पाठकले उक्त पुस्तकका लेखक एमाले नेता राधाकृष्ण मैनालीले लेखेको पुस्तकमा उलेख भएको केहि लाइन लिएर एमालेलाई नेपाललाई सोधे ”पंचायत विरुद्धको आन्दोलनमा भारतको सेना ल्याउनु पर्छ भनेर भन्ने तपाई नै होइन र ? ” नेपालले पाठकलाई पाठकले नेपाललाई आच्छु आच्छु बनाएको टफटकको गजबको रमाईलो चर्काचर्की १७ मिनेट पछि हेर्न सकिन्छ ।

https://youtu.be/DH7JXcCzQW4

स्वदेश नेपाल बाट