प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको सुराकीका रूपमा कार्यरत रहेको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् । एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य समेत रहेका मल्ल युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

रुपन्देहीका ठेकेदार समेत रहेका मल्ललाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो । उनलाई आज भैरहवा ल्याइने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मनोजको योजनामा ४ पुस २०७३ मा युवा संघका नेता तिवारीको हत्या भएपछि युवा संघले लगातार आन्दोलन अग्रपङ्क्तिमा मल्ल पनि हुन्थे । आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे । तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

त्यसपछि पनि मनोजको अपराध कर्ममा सघाउन भूमिका खेलेको पाइएको ज्ञवालीले बताए । प्रहरीले पुनको सुराकी भएको आरोपमा माओवादी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, देवदह– ५ का तुलसी न्यौपाने, देवदह– ६ का रोशन खड्का र बुटवल– ४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ यसअघि नै प्रकाउ गरिसकेको छ । उनीहरू सबैमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । न्यूज २४ नेपाल बाट