पार्टी एकताको बिषयमा सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीवार एक्ला एक्लै वार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेताद्वयबीच साढे दुई घण्टा वार्ता भएको हो ।
वार्ता सकारात्मक भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।
मंगलवार बसेको दुई पार्टीको एकता संयोजन समितिको बैठकले मिल्न नसकेका बिषयमा सहमति गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।
एकतापछि बन्ने कमिटिमा माओवादी केन्द्रले ५० प्रतिशत हिस्सा दावी गरेपछि वैशाख ९ गते पार्टी एकता गर्ने प्रयास विफल भएको छ, लोकान्तर बाट










