दमक/पानी पोखरेल कूल बंश प्रतिष्ठान पानी पोखरेल बैदिक कूल सेवा समितिले झापाको कमल गाँउपालिका वडा नं. ६ कूल गूरु कृष्णप्रसाद पोखरेलको घरमा देवाली तथा गोठधुप शूरु भएको छ ।
त्रिदिवसीय सतचण्डि सहित देवाली र कुलपूजा शुरु भएको समितिका अध्यक्ष रामचन्द्र बरालले बताए । उनले सवै पोखरेल बन्धुहरुलाइ सहभागिताका लागि समेत अनुरोध गरेकाछन् ।
समितिका सचिब कृष्ण पोखरेलका अनुसार बैदिक धर्म र संस्कारको जगेर्ना गर्दै कूलपूजा भइरहेको छ । उनका अनुसार यहाँ कूलपूजामा बलि भने निषेध छ ।










