काठमाडौं । पार्टी एकताका सम्बन्धमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता भएको छ । पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच आज वार्ता भएको हो । तर आज पनि वार्ता विना निष्कर्ष नै टुङ्गिएको छ ।

उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेपछि एकता सयोजन समितिको बैठकको आज पनि टुंगो लाग्न सकेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवादित तीन विषय टुंग्याउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान झण्डै ३ घण्टा एक्लाएक्लै वार्ता भएको थियो । एकता संयोजन समितिको बैशाख ४ गतेको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा दुई शीर्ष नेतालाई दिएपछि उनीहरुबीच आज वार्ता भएको हो ।

जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान धारणा बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल वार्ता बसेका थिए ।

शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो ।

सवालनेपाल टिभी 

https://youtu.be/cXYtYcN9Q48