धनुषामा जनकपुर भन्सार कार्यालयले तस्करलाई प्रयस दिएको तथा स्तकरलाई नियन्त्रण नगरेको भन्दै जनकपुर उद्योग बाणिज्यसंले जनपुर भन्सार कार्यालयमा ताला लगाएको छ ।
उद्योगीहरुले भन्सार कार्यालयकै मिलोमतोमा तस्कर भईरहेको तथा त्यसको भन्सार कार्यालयले नियन्त्रण नगरेको एवम् भन्सार कार्यालय आफै तस्करमा संलग्न रहेको आरोप लगाउदै विहिबार भन्सार कार्यालयमा ताला लगाएको हो ।
उद्योगीहरुले ताला लगाएपछि शसस्त्र प्रहरीले भन्सार कार्यालयको सुरक्षा गर्ने क्रममा प्रहरी र उद्योगीहरु वीच झडप समेत भएको छ । झडपपछि जनकपुर तनाव ग्रस्त बनेको छ । उद्योगीहरुले अहिले सडकमा टायरबाली अन्दोलनको तयारी गरिरहेका छन् । न्यूज २४ नेपाल
सवालनेपाल टिभी
https://youtu.be/cXYtYcN9Q48









