यस अघिको कार्यक्रममा गोरखा स्थीत सुलिकोट गाँउपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी सत्यनारायाण ढगोरीयाले आमा शिशु झोला कार्यक्रमको रकम भुक्तानी गर्दा २० हजार रुपैँया घुस लिएको देखाएका थियौँ ।
माउन्टेन यतिकी म्यानेजर अमृता ढकाललाई १ लाख ८६ हजार भुक्तानी गर्नका लागि उनले २० हजार घुस मागेको सुचना आएपछि ढकालसहित हाम्रो टिम गोरखा पुगेको थियो । २० हजार घुस लिदै उनले अन्य कर्मचारीलाई पनि यो भाग लाग्ने बताएका थिए ।
हामीले कार्यक्रममा लाइभमा नै उनलाई सम्पर्क गरेका थियौ । लाइभ कार्यक्रममा उनले हामीलाई गोरखा पुग्न र बुझ्न भन्दै चुनौती दिएका थिए ।
यो सँगै हाम्रो टिम अमृता ढकालसहित गोरखातर्फ लाग्यौँ । बाटोमा पुग्दा उनले ढकाललाई कम्पनी कसरी चलाउँछ्यौ भन्दै यसरी धम्काए । यतिबेलासम्म उनलाई सरकारी कामको लागि घुस लिएकोमा कत्ती पनि पश्चताप थिएन र अझै कम्पनी बन्द गरिदिन्छु भन्ने धम्भ थियो ।
हामी उनलाई भेटन् गोरखा बजार नै पुग्यौ । उनले हामीलाई आफ्नो डेरासम्मै लगे । हामीलाई गोरखा आए सबै देखाउने बताउने उनि त्यहाँ पुग्दा आँफुले गल्ती गरेको पनि सजिलै स्वकार गरीरहेका थिएन् ।
अन्तत उनले हाम्रो क्यामेरामा माफी मागे । र पैसा पनि फिर्ता गरे । प्राविधिक कारण बस उनी कार्यरत रहेको सुलिकोट गाँउपालिकाको कार्यालयमा हामी पुग्न सकेनौ तर जिल्ला प्रसाशन कार्यालय गोरखा, जनस्वास्थ्य कार्यालय गोरखामा पुग्दा आफ्नै सहकर्मीको रवैया देखेर अन्य कर्मचारीहरु अचम्मित थिए ।
यो बिषयमा सुलिकोट गाँउपालिकाले समेत ध्यान आकृषण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । गाँउपलिका अध्यक्ष बिष्णुप्रसाद भट्ट र प्रमुख प्रशासकीय अधिकृत शैलेश राजभण्डारीद्धारा जारी विज्ञप्तीमा घुस खाने कर्मचारीको नामनै उल्लेख गरिएको छैन ।










