काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा ९ उत्तिर्ण भएकी छन् । मैतिदेवीस्थित त्रिवेणी स्कुलमा गत वर्षबाट अध्ययन गरिरहेकी करिश्मा ९ कक्षा उत्तिर्ण भएर कक्षा १० मा भर्ना भएकी हुन् ।

करिश्माले आफूले सोचेभन्दा राम्रो रिजल्ट आएको बताएकी छन् । ‘पास हुन्छु भन्नेमा त शंका थिएन, तर माक्र्स कस्तो आउँछ भन्ने खुल्दुली थियो, जे होस सोचेभन्दा राम्रो आएको छ,’ उनले भनिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समग्रमा कक्षा नौको पढाई रमाइलोसँग सकिएको करिश्मा बताउँछिन् । ‘मेरो लागि धेरै च्यालेञ्जिङ थियो, जे होस एक कक्षा माथि उक्लेकोमा खुशी छु,’ उनले भनिन्, ‘अब अर्को वर्ष एसईई दिनुछ, त्यसैले झनै मिहिनेत गरेर पढ्नेछु ।’ उनले १० कक्षामा एक्स्ट्रा क्लास लिने विचार गरेकी छिन् । केन्द्र बिन्दु बाट