कांग्रेस सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन्।

नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। भने, ‘लोकतन्त्रमाथि खतरा आउन शुरु भइसकेको छ, मुलुकमा समस्या देखिन थालेको छ, यसको प्रतिकारको जिम्मा नेविसंघको काँधमा छ ।’