हुन् प्रधानमन्त्री मातहत रहेका निकाय र संयन्त्रहरू :

१. मन्त्रिपरिषदसम्बन्धी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२. नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन

३. नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन ।

४. नेपाल सरकार मन्त्रिपरिषदका निर्णयको कार्यान्वयन र अनुगमन ।

५. नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय ।

६. नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन ।

७. प्रचलित कानुन बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत ।

८. सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी ।

९. मुलुकको राजनीति, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति, सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय ।

१०. शासकीय प्रबन्ध, सुशासन प्रवद्र्धन र प्रशासनिक सुधार ।

११. द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन ।

१२. सङ्घीय शासन प्रणाली र अन्तरदेशसम्बन्धी कार्य ।

१३. प्रधानमन्त्रीको सम्पर्क र सञ्चार ।

१४. प्रधानमन्त्रीको निर्देशन र कार्यान्वयन ।

१५. मानव अधिकारको संरक्षण, प्रवद्र्धन, समन्वय र प्रतिवेदन ।

१६. भष्ट्राचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन ।

१७. राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ।

१८. संवैधानिक परिषद ।

१९. सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्य ।

२०. प्रदेश प्रमुखसम्बन्धी ।

२१. परराष्ट्र तथा सुरक्षा मामिला ।

२२. अख्तियार दुरुपयोग अनुुसन्धान आयोग ।

२३. लोक सेवा आयोग ।

२४. राष्ट्रिय मानव अधिकार आयोग ।

२५. महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय ।

२६. राष्ट्रिय योजना आयोग ।

२७. राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ।

२८. लगानी बोर्ड ।

२९. राष्ट्रिय सतर्कता केन्द्र ।

३०. सार्वजनिक खरिद अनुगमन कार्यालय ।

३१. नेपाल ट्रष्टको कार्यालय ।

३२. गरिबी निवारण कोष ।

३३. राष्ट्रिय अनुसन्धान विभाग ।

३४. सम्पत्ति शुद्धीकरण विभाग ।

३५. राजस्व अनुसन्धान विभाग ।

३६. विषय विज्ञ समूह ।

३७. राष्ट्रिय तथा अन्तरप्रदेश स्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन ।

३८. प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन र मापदण्ड ।

३९. गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड ।

४०. भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनः र्निमाणसम्बन्धी नीति, कानुन र मापदण्ड ।

४१. विपद व्यवस्थापनसम्बन्धी समन्वय ।

४२. प्रधानमन्त्री केन्द्रीय विपद सहायता कोष सञ्चालन ।

४३. अदालतको फैसला कार्यान्वयन तथा अनुगमन ।

४४. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय ।

४५. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन ।

४६. नेपाल न्याय सेवाको वकिल समूहको सञ्चालन ।

४७. प्रधानमन्त्री र मन्त्रिपरिषदसम्बन्धी अन्य कार्यहरू ।

४८. अवशिष्ठ अधिकारको प्रयोग ।