काठमाडौं । मलेसियन कम्पनी मालिन्दो एयरको जहाज गत राति दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझसम्म खुलेको छैन । त्रिभुवन विमानस्थल कार्यालयले जनाए अनुसार मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अहिलेसम्म पनि विमानस्थल खुल्न नसकेको हो। गत राति १० बजेदेखि बन्द रन वेको केही भाग मात्र खुलेको छ । विमानस्थलको ३ हजार मिटर रन वेमध्ये आन्तरिक उडान संचालन गर्न २५ सय मिटर मात्र धावनमार्ग खुला गरेको छ चजे आन्तरिक उडानलाई पनि एकतर्फी बिन्दु (उत्तरतर्फ) बाट उडाउन र अवतरण गराउन संचालनमा ल्याइएको छ ।

विमानस्थलको रन वे कतिबेला पूर्ण रुपमा संचालनमा आउँछ भन्ने अझै निश्चित भएको छैन । काठमाडौंबाट क्वालालम्पुर उड्न लागेको ओडी १ सय ८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर रनवे करिब १३५ फिट तल गएर भासिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना गएराति सवा दश बजे आसपासमा भएको थियो । बोइङ ७३७–९०० को फ्लाइट ९ एम–एलएमजे विमानमा १ सय ३३ यात्रु थिए । सबै यात्रु सुरक्षित छन् । टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो ।

सवालनेपाल टिभी 

https://youtu.be/cXYtYcN9Q48