काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे आज पनि छलफल हुँदैछ । पार्टी आन्तरिक बैठक समेत रोकेर दुई अध्यक्षले छलफल गर्न लागेका हुन ।

पार्टी एकताका वारेमा छलफल गर्न आज बोलाइएको एमाले स्थायी समितिको बैठक समेत स्थगित गरिएको छ । हिजो पनि ओली र दाहाल बीच ३ घण्टासम्म एक्लाएक्लै छलफल भएको थियो । आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एक्ला एक्लै वार्ता हुने माओवादी केन्द्रका नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बसेको एकता संयोजन समितिको बैठकले विवाद टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो । यो महिना भित्रै पार्टी एकता गर्नेगरि विवाद समाधान गर्नेमा छलफल केन्द्रित रहेको श्रेष्ठले बताए ।

दुई दलबीच पार्टीको सिद्धान्त, दुई पार्टीकोे सहभागिता, जनयुद्ध शब्दको ब्याख्या, चुनाव चिन्ह, महाधिवेशनपछिको नेतृत्व लगायतका विषयमा कुरा मिल्न सकेको छैन । छल फल बाट