काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि पुन: सुचारु हुने भएको छ। चुनावी समीक्षाका लागि भन्दै गत चैत ९ देखि जारी बैठक १६ गतेपछि स्थगित भएको थियो।
सोही साँझ कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएपछि १८ गतेको लागि तोकिएको नियमित बैठक नबसी आकस्मिक बैठक बसेर शोक प्रस्ताव पारित गरेको थियो।
बैठकमा अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा धारणा राख्नेहरु दुई पक्षमा बाँडिएका छन्। चुनावी हारमा देउवाको असफलता पुष्टि भएको भन्ने संस्थापन इतरका नेताहरुले धारणा राखेका छन्। त्यस्तै, सभापति एकल दोषी नहुने उनी पक्षका नेताहरुले धारणा धारणा राखेका छन्।
देउवा पक्षको पदाधिकारी थप्ने रणनीतिमाथि पनि नेताहरुले आक्रोश पोखेका छन्।
बैठक आज ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ।
यसअघिका बैठकमा धारणा राख्नेहरुः
२०७४ चैत्र ९ (पहिलो दिन)
पूर्व महामन्त्री प्रकाशमान सिंह
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला
केन्द्रीय सदस्य डा. नारायण खड्का
चैत्र १० (दोस्रो दिन)
नरहरि आचार्य
दिलेन्द्रप्रसाद बडू
जीवनबहादुर शाही
नविन्द्रराज जोशी
गुरुराज घिमिरे
कल्याणकुमार गुरुङ
बीरबहादुर बलायर
हरिप्रसाद नेपाल
चैत्र १२ (तेस्रो दिन)
बलबहादुर के.सी.
डा. शेखर कोइराला
आनन्दप्रसाद ढुंगाना
जीवन परियार
गोविन्द भट्टराई
रामकृष्ण यादव
डा. डिला संग्रौला
रमेश लेखक
सरिता प्रसाई
लक्ष्मी परियार
आमन्त्रित सदस्य बालकृष्ण पाण्डेय
चैत्र १३, २०७४ (चौथो दिन)
डा. रामशरण महत
डा. मिनेन्द्र रिजाल
फरमूल्लाह मंसुर
अर्जुनप्रसाद जोशी
धनराज गुरुङ
पुष्पा भुसाल
बद्री पाण्डे
पार्वता डी.सी. चौधरी
श्यामकुमार घिमिरे
अमृत अर्याल
अतहर कमाल मुसलमान
आमन्त्रित सदस्य हसन अन्सारी
चैत्र १५ (पाँचौं दिन)
भीष्मराज आङ्देम्बे
ज्ञानेन्द्रबहादुर कार्की
महेन्द्र यादव
रमेश रिजाल
चैत्र १६ (छैठौं दिन)
अर्जुननरसिंह के.सी.
एन.पी.साउँद
सुरेन्द्रराज पाण्डे
चिनकाजी श्रेष्ठ
राधेचन्द्र यादव










