काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो बालुवाटारमा पार्टी एकताबारे दुई घन्टा वार्ता गरेका छन्।
यसअघि बिहीबार ओली र दाहालले तीन घन्टा एक्लाएक्लै वार्ता गरेका थिए। शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म ओली र दाहाल बालुवाटारमा भेटेका हुन्। बाम एकतालाई अन्तिम रुप दिन ओली र दाहाल अन्तिम कसरत गरिरहेका छन्।
यसअघि एकता संयोजन समितिको बैठकको अघिल्लो दिन सोमबार उनीहरुले गरेको छलफल निश्कर्षविहिन बनेको थियो। देश संचार बाट साभार










