विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा आउदो बैशाख १९ गतेदेखि हुने दमक गोल्डकपलाइ सफल बनाउन बिभिन्न उप समितिहरुले काम थालनी गरेकाछन् ।

शुक्रबार दमक नगरपालिकामा बसेको दमक नगर खेलकुल विकास समितिको बैठकमा अहिले सम्मको प्रगती विवरणको बिषयमा समिक्षा सहित छलफल भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ करोड भन्दा बढि खर्च अनुमान गरिएको दमक गोल्डकपको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि त्यसै अनुसारको तयारी गर्नका लागि उप समितिहरुलाइ सक्रिय बनाइएको नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइले बताए । उनले अब द्रुत गतिमा काम गर्न उप समितिहरुलाइ निर्देशन दिए ।

प्रचारप्रसार समितिका संयोजक चन्द्र खत्रीका अनुसार अहिले प्यारिफिट बनाउने काम धमाधम भइरहेको छ भने गोल्डकपमा सहभागि क्लवहरुको समेत फाइनल नाम आइसकेको छ । शनिवार वा आइतवार पत्रकार सम्मेलन गरिने उनले बताए ।