२६ जना डिआइजीका लागि २५ एसएसपीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । यतिबेला नेपाल प्रहरीको सांगठनिक ढाँचा तलभन्दा माथि ठूलो हुँदै जाने अवस्थामा नेपाल प्रहरीमा १८ डिआइजीको पद रिक्त छ । २६ डिआइजी हुनुपर्ने जसका लागि २५ एसएसपीहरु भिडन्तमा उत्रिएका छन् ।

निर्वतमान प्रहरी प्रमुख प्रकाश अर्यालसँगै १५ जना एआईजी, ९ जना डिआईजी र १ जना एसएसपीले पनि ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएका थिए । २०७१ माघ २ गते बढुवा भएका एसएसपीहरुमा दिनेश अमात्य, दिपक थापा, केदार रिजाल, नारायण खड्का, कमल जिटी, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, रामप्रसाद श्रेष्ठ, महेन्द्र पोखरेल, सुरज केसी र श्याम खत्री पनि डिआईजीका दाबेदार हुन् । श्याम खत्री सुन प्रकरणमा जोडिएर निलम्बन भई हालै बहाली भएका कारण उनको बढुवा सम्भावना देखिंदैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीताम्बर अधिकारी ललितपुर महानगरीय प्रहरी, परिसरमा कार्यरत रहँदा राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन् । हाल अधिकारी मेची अञ्चलमा कार्यरत छन् । त्यस्तै रविन्द्र प्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का, महेश विक्रम शाह, दान बहादुर सिंह, शुसील कुमार भण्डारी, मोहनराज जोशी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी, ठाकुर प्रसाद ज्ञवाली, तारिणी प्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डिआइजीका दाबेदार हुन् ।

एसएसपी हुन २३ जना मैदानमा

नेपाल प्रहरमिा निर्वतमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै सेवा प्रवेश गरेकाहरु ३० वर्षे पदावधिका कारण धेरैले २६ अधिकृतले अवकाश पाए । हालकै अवस्थालाई हेर्ने हो भने यतिबेला धेरै नै एसएसपी पद खाली छ ।

जबकी हाल सिनियर एसपीहरु जो बढुवाका लागि पहिलो सूचीमा छन्, उनीहरु २०७१ फागुन ११ गते मात्रै एसपी पदमा बढुवा भएका हुन् । प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार प्रहरी निरीक्षकभन्दा माथि एसएसपीसम्मको बढुवाका हकमा बढुवा भएको चार वर्ष अनिवार्य रुपमा पुग्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।एसपीबाट एसएसपीमा बढुवा हुनेहरु २३ जना रहेका छन् । जसमा सबैजना प्रहरी नियमावलीअनुसार सबैजना एसएसपीमा बढुवा हुने निश्चित छ ।