दमक/झापा दमकमा रहेको लाइफलाइन अस्पतालले अस्पतालजन्य संक्रमण रोकथाम र फोहोर ब्यवस्थापनका लागि प्रारम्भिक काम शुरु गरेको छ । यसका लागि अस्पतालमा कार्यरत २० जना स्वास्थ्यकर्मीहरुलाइ यस बिषयमा प्रशिक्षत तथा प्रयोगात्मक सीप प्रदान गर्दै यो काम शुरु गरेको हो ।
मानव बिकास संगठनसंगको सहकार्यमा यस बिषयमा दूइ दिने प्रशिक्षण कार्यक्रम भएको हो । उक्त कार्यक्रमको समापन गर्दै दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले यो कदम राम्रो भएको भन्दै सबैले यस बिषयमा ध्यान दिनु पर्ने बताए ।
अस्पतालका अध्यक्ष डा.तीलकचन्द्र शाह, मे.सु डा.मुक्ति भट्टराइ, पूर्व अध्यक्ष बालचन्द्र सुब्बा, कलेज प्रीन्सिपल बिना सुब्बा लगायतले बोलेका थिए । उनिहरुले यस प्रशिक्षण तथा तालिममा सिकाइएका र सिकेका कुरा ब्यवहारमा लागु गरिने प्रतिबद्धता समेत जनाए ।










