धनगढी । कैलालीको अत्तरीयास्थित एक होटलमा जुवा खेल्दै गरेकाे अवस्थामा वडा अध्यक्ष,शशस्त्र प्रहरीका असइ र नेपाली सेनाका जवान सहित ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय कैलालीलेकाे टाेलिले उनिहरूलार्इ पक्राउ गरेको हाे । कैलालीको गोदावरी नगरपालिका १ मा रहेको दिपरागर होटलमा जुवा खेल्दैगरेका गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रवेन्द्र शाही,शसस्त्र प्रहरीका नायव निरिक्षक लोकेन्द्र साउद,नेपाली सेनामा कार्यरत सुरज उपरर्काेटी, स्थानिय पदम भट्टरार्इ, सन्तोस तमाङ, होटेल संचालक बिरेन्द्र बिष्टलाइ प्रहरीले शुक्रबार सांझ पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जुवाको खालबाट ५९ हजार रुपैया समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता बिरबहादुर बुढामगरले जानकारी दिए । प्रक्राउ परेका सबैलार्इ जुवा ऐन अनुसार मुद्धा दायर गर्ने बुढा मगरले बताए ।