डोटी । डोटीको शिखर नगरपालिका ३ मा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दिपायलबाट शिखर नगरपालिकाको जोरागाउँ जाँदै गरेको से १ ज ५२७५ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भिर रहको प्रहरीले जनाएको छ । जीपमा १९ जना यात्रु रहेका थिए ।