एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा पार्टी एकताका विवादित विषयमा सहमति कायम गर्ने प्रयास भइरहेको छ ।

एमाले र माओवादी केन्द्रका अध्यक्ष केही दिन यता पार्टी एकतालाई निश्कर्षमा पु¥याउनका लागि लगातार छलफल गरिरहेका छन् । १७ असोजबाट सुरु भएको पार्टी एकता प्रकृयालाई अन्तिम रुप दिन दुई अध्यक्षबीचको छलफलले तिब्रता पाएको हो । दुवै पार्टीले कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा आइतबार संयुक्त कार्यक्रम आयोजनासमेत गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वका दुवै कार्यदलले पार्टी एकताका विषयमा विवादित विषयलाई थाँती राखेर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाएका थिए । संयोजन समितिले विवादित विषय टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएका थियो । कार्यदलले कम्युनिस्ट पार्टी स्थापनाका अवसरमा ९ वैशाखमै एकता गर्न सुझाएका थिए । यद्यपी, विवादित विषय टुंगो नलाग्दा ९ बैशाखमा एकता हुने सम्भावना भने टरेको छ| नयाँ पत्रीका बाट