भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई दुईजनाको अपरिचित समूहले आक्रमण गरेको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् ।
गठ्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने बेला नचिनेका दुईजनाको समूहले सांघातिक आक्रमण गरेको हो । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । आक्रमणबाट उनको गाडीमा पनि क्षति पुगेको छ । श्रेष्ठमाथि शनिबार साँझ आक्रमण भएको हो ।
स्रोतका अनुसार मेयर श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।दैनिक नेपाल बाट










