पुष्पा केसी काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच केही महिनादेखि निरन्तर पार्टी एकताको प्रयास भए पनि ठोस निष्कर्ष भने निस्किएको छैन । गठबन्धनबीच वैशाख ९ गने पार्टी एकता हुन नसके पनि पार्टी स्थापनाको अवसर पारेर आइतबारै पार्टी एकता गर्ने सन्देश दिन लागेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै पार्टी एकता हुने भनिए पनि जनयुद्धको निष्कर्ष, आगामी महाधिवेशन र नेतृत्व बाँडफाँडका कारण सहमति जुट्न सकेको छैन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टीको महाधिवेशनपछि कार्यकारी अध्यक्ष बन्ने निश्चितता नदेखेपछि दुई पार्टीबीचको एकता प्रक्रिया लम्बिएको अनुमान गरिएको छ । पार्टी एकताको जिम्मा दुई अध्यक्षले पार्टी एकता संयोजन समितिलाई लगाएका थिए । तर, पछिल्लो पटक बसेको संयोजन समितिको बैठकले दुवै अध्यक्षलाई नै पुनः असहमतिका विषयमा टुङ्गो लगाउने जिम्मा दिएको छ । जिम्मा दिएको दिनदेखि नै दुवै पार्टीका अध्यक्षले निरन्तर सहमतिको प्रयास गरिरहेका छन् । बिहीबार ३ घण्टा एक्लाएक्लै छलफल गरेका ओली र दाहादबीच शुक्रबार पनि २ घण्टा छलफल भएको थियो । वैशाख ३ गते दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपछि ४ गतेका लागि एकता संयोजन समिति बैठक डाकेका थिए । ४ गतेको एकता संयोजन समितिको बैठकपछि पनि दुई नेताले केहीबेर बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए ।
निरन्तरको छलफलले ठोस् निष्कर्ष लिन नसकेपनि वैशाख ९ गते हुने भनिएको पार्टी एकता अनिश्चित बनेको हो । तर, पार्टी एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आइतबार नै राष्ट्रियसभा गृहमा कार्यक्रम राखेको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । दुवै पार्टीले वैशाख ९ गते हुने भनिएको पार्टी एकता टरेको नभई तयारी नपुगेको बताउँदै आएका छन् । दुवै पार्टीका नेताले अध्यक्षबीच सहमति जुटे वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न सुझाव दिएका छन्
जनता समाचार बाट










