रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका वडाध्यक्षको हृदयाघातका कारण निधन भएको छ। गत बुधबारदेखि अचेत अवस्थामा रहेका अध्यक्ष जाेगी दासको उपचारका क्रममा मृत्यु भएको हो। उनकाे वीरगञ्जको एलएक्स न्यूरो सर्जन अस्पतालमा उपचार भइरहेको थियो। शुक्रबार साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक सदस्य राजकुमार दासले जानकारी दिए।

शनिबार अध्यक्ष दासको निवासमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। श्रद्धान्जली कार्यक्रममा नगरप्रमुख श्यामप्रसाद यादवले दासको निधनले गढीमाई नगरपालिकालाइ ठूलो क्षति पुगेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तिम श्रद्धाञ्जलीका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय दासको निवासमा पुगेका थिए ।

शनिबार बिहान गढीमाई २ स्थित समनपुरको बाग्मती नदीमा उनको दाहासंस्कार गरिएको परिवारजनले बताएको छ। अध्यक्ष दास राजपा पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन्। नेपाल आज बाट