काठमाडौं, बैशाख ८

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोलि एकै ठाउँबाट बिशेष घोषणा गर्ने हुनुभएका छ । शनिवार भएको एक्लाएक्लै बार्तामा ओली दाहालले सो सहमति गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले र माओवादीबीच पार्टी स्थापना दिवशकोअवसरमा आइतवार पार्टी एकीकरण गर्ने पूर्वसहमति थियो । तर कतिपय काम सकाउन नसकेपछि एकता मिति धकेलिएको छ ।

दुई नेताबीच सतहमा आएका कतिपय जटिल भनिएका बिवादमा समेत सहमति भइसके पनि सार्वजनिक गरिएको छैन । एकताको अन्तिम गृहकार्यमा जुटेका दुवै नेताले शनिवार सवै बिषयमा खुला खुलस्त छलफल गरी सहमति जुटाएको र अहिलेसम्मका सहमतिका आधारमा बिशेष घोषणा गर्न लागेको हुन ।

सोही कारण दुवै दलले आइतवार एकता संयोजन समितिको नाममा संयुक्त कार्यक्रम आयोजना गरेका छन । एकताको बिशेष सन्देश दिन आयोजित कार्यक्रममा ओली र दाहालले बिशेष घोषणा गर्ने सहमति गरेको स्रोतको भनाई छ ।

दुई नेताबीच सतहमा आएका कतिपय जटिल भनिएका बिवादमा समेत सहमति भइसके पनि सार्वजनिक गरिएको छैन । एकताको अन्तिम गृहकार्यमा जुटेका दुवै नेताले शनिवार सवै बिषयमा खुला खुलस्त छलफल गरी सहमति जुटाएको र अहिलेसम्मका सहमतिका आधारमा बिशेष घोषणा गर्न लागेको हुन ।

ओली र दाहालबीच शुक्रबार पनि चार घण्टा लामो बार्ता भएको थियो । दुई नेताबीचको वार्तामा भएको सहमति बाहिर नआए पनि धेरै विषयमा सहमति नजिक पुगेको स्रोतको दाबी छ । केही दिनयता निरन्तर एकता वार्तामा जुटेका ओली र दाहालले एकताका लागि सुरुआती दिनदेखि अहिलेसम्म आफूहरूबीच भएको सहमतिको केस्राकेस्रा केलाउँदै पछि नहट्ने निर्णयसमेत लिएका छन् ।

पछिल्लो दिनमा ओली र दाहालबीच नै दुरी बढेको र एकले अर्कालाई मान्य हुने प्रस्तावसमेत राख्न छाडेको सूचना बाहिर आएपछि दुई नेताले एकताको सुरुआत आफूहरूले नै गरेको भन्दै अब ढिला नगरी निष्कर्षमा पुग्ने गरी छलफल अघि बढाएका हुन् ।

केही दिनयता निरन्तर एकता वार्तामा जुटेका ओली र दाहालले एकताका लागि सुरुआती दिनदेखि अहिलेसम्म आफूहरूबीच भएको सहमतिको केस्राकेस्रा केलाउँदै पछि नहट्ने निर्णयसमेत लिएका छन् ।

स्रोतका अनुसार दुवै नेताले एकता घोषणाको विषयमा १३ असोजमा जसरी नै ‘सबैलाई सरप्राइज दिने’ निर्णय लिएका छन् ।

सबै विषय मिल्ने बिन्दुमा छ,’ बार्तापछि खुमलटार स्रोतले भन्यो । वार्तामा ओली र दाहालले एकअर्काको कमजोरीलाई बुँदागत रूपमा औल्याउँदै सच्याउने सहमतिसमेत गरेका छन् । सहमतिको ठोस विषयमा भने दुवै नेताले केही खुलाएका छैनन् ।

पछिल्लो समय माओवादी अध्यक्ष दाहालले एकता महाधिवेशनपछि अध्यक्षको ग्यारेन्टी खोजेका छन् । यस विषयमा समेत दुवै नेताबीच लामो छलफल भएको थियो । छलफलमा नेताहरूले विगतमा भएका सबै सहमतिलाई दस्तावेजीकरण गर्ने निर्णयसमेत लिएका छन् । जनता टाइम्स  बाट