रापोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ धादिङ–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको नव वर्ष २०७५ को शुभकामना आदान प्रदान एवम् क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै जिल्ला सभापति धमलाले यस्तो बताएका हुन् ।
उनले भने,‘निर्वाचनमा हारको कारण खोज्दै जादा हामी जिल्ला सभापतिको पनि उत्तिकै जिम्मेवारी छ, क्षमा चाहन्छु धादिङमा काँग्रेसलाई जिताउन सकिने भनेर भन्ने मैं हुँ, अबका दिनमा काँग्रेस र भातृ संगठनहरुको भविष्य सुन्दर बनाउनको लागि गम्भिर समिक्षा गर्दै अघि बढ्नु पर्छ।’ सभापति धमलाले नेविसंघको नेतृत्व असफल भएको टिप्पणी समेत गरेका छन् ।
उनले भने,‘जनआन्दोलनको नेता कुन्दन काफ्ले, जन आन्दोलनकी घाईते उर्मिला थपलियाले नेतृत्व गरेको नेविसंघ कुनै एउटा गुट वा सानो क्लब जस्तै छ, लाज लाग्नुपर्छ, हामी जिम्मेवार बन्न सक्नुपर्छ, निर्वाचनको बेलामा मात्रै तयारी गरेर हुँदैन, विद्यार्थी हक हित र संगठनको लागि काम गर्ने विद्यार्थीको खोजी कता कता छ खोज्नुपर्छ।’
नेविसंघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले नेविसंघको केन्द्रीय महाधिवेशनको तीव्र तयारीमा लाग्नु पर्ने बताएकी छन् । उनले भनिन्,‘म लगायत केही साथीहरु जसरी हामीले चुनाव जितेर आयौं त्यसरी नै नेतृत्व हस्तान्त्ररण गर्न आतुर छाँै तर नेविसंघका सभापति १२ औं महाधि वेशनको बारेमा त्यति लागिपर्नु भएको देखिदैन।’
सम्पर्क समितिका सभापति किरण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले भनिन्,‘काँग्रेसका भातृ संगठनहरु क्रियाशिल नभएको कारण निर्वाचनमा पराजित हुनुपर्यो, अर्को तर्फ काँग्रेसले जनताहरुलाई जमिन दिन्छ, क्यम्यूनिष्टले चामल दिन्छ तर जनताले त्यहि चामलको पछि लागछन्, नयाँ पुस्ताले राजनीतिक विचार र धारणा बुझ्नुपर्छ।’
त्यस्तै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले निर्वाचनको हारमा केन्द्रीय नेतृत्वको मात्रै दोष नरहेको बताए । उनले भने,‘काँग्रेस पार्टी भित्रको गुटको अन्त्य हुनुपर्छ, गुटको कारण आज भातृसंठनहरु पनि भत्केका छन् ।’










