लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै फोटो नदेखिएपछि हलमा उपस्थित कार्यकर्ताले नाराबाजी गरे ।
कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ ।
हेर्नुहोस भिडियोhttps://youtu.be/SQtYEVK6G0k
अनलाइन खबर बाट
https://youtu.be/cXYtYcN9Q48










