बर्दियाको राजापुर नगरपालिका-६ नम्बर वडा कार्यालयको मोटरसाईकल चोरी भएको छ । वडा अध्क्ष महेशकुमार चौधरीको घरमा राखेको भे १ ब ९८८ नम्बरको मोटरसाईकल गएराती चोरी भएको हो ।
नेपालगञ्जको कार्यक्रम सकेर राती नौ बजे घर फर्किएका चौधरीले बिहान उठेर बाहिर आउँदा राखेको स्थानमा मोटरसाईकल नपाएपछि आफुले ईलाका प्रहरी कार्यलय राजापुरमा खबर गरेको बताए ।
ईलाका प्रहरी कार्यलय राजापुरका निमित प्रमुख जय प्रकाश भट्टले आफुहरुले आफुमातहतका सम्पुर्ण निकायलाई खबरगरी खोजतलास गरिरहेको जानकारी दिएका छन् ।










