काठमाडौं । नेपाल समृद्ध, समतामूलक समाज निर्माणको अन्तिम चरणमा रहेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

कम्युनिष्ट स्थापना दिवशको अवसरमा काठमाडौंको सभागृहमा बोल्दै ओलीले पार्टी एकताको विकल्प नभएको बताउनु भएको छ । राष्ट्र निर्माणका संकल्पहरु पुरा गर्दै आफ्नो उचाइमा पुगेको नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी एकता मुख्य आधार भएको उहाँको भनाई रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुनियामा कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हल्ला चलिरहेका बेला आफ्नो सिद्धान्तमा अडिक भएर नेपालजस्तो मुलूकमा यो आन्दोलन सफल भएको आजको दिन हेर्न रहेको ओलीले बताउनु भयो ।