दमक /देशभर बिद्यार्थी भर्ना अभियान र बिपन्न समुदायका आर्थिक अभावले बिद्यालयजान बञ्चित बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने क्रममा झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवाले आफ्नो क्षेत्रका १० जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेकाछन् ।

त्रिभुवन आधारभूत बिद्यालय, कुमारखोद झापामा ६ जना र डिल्लीराज माध्यमिक बिद्यालय टागनडुब्बामा गएर १० बालबालिकाहरुको अभिभावकत्व लिएकहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रिभुवन आधारभुत मावीमा अमन कुमार मेचे,अनुपम कुमर मुखिया , प्रनक्षा कहार, दिपेश मेचे, जैचन माझी, सरिता हास्दा सहितका ६ जना र डिल्लीराज मावी झापामा सुष्मिता कुमारी माझी, गौरव माझी, प्रदिप माझी र तापस उराउ सहितका विद्यार्थीलाई भर्ना गराउदै आवश्यक शैक्षिक सामाग्रि साँवाले प्रदान गरेका थिए ।

साही क्षेत्रका जन प्रतिनिधि समेत रहेका संसद साँवाले निज विद्यार्थीलाई १० कक्षासम्म कुनै समस्या परेमा सहयोग गर्ने प्रतिबद्धता समेत् ब्यक्त गरेका छन ।