मिति २०७५।१।६ गते अं. १८:०० बजेको समयमा जिल्ला झापा दमक न.पा. वडा नं. ६ बसपार्क स्थित गौरीगंज स्टेन्ड छेउ यात्रु बस्ने प्रतिक्षालय मुनी नामथर नखुलेको अं. ५५/६० वर्षको निम्न हुलिया भएको पुरुष मानिस फेला परेको हुँदा प्रारम्भिक अनुसन्धानको क्रममा मृतकको बारेमा बुझ्दा मृतक के काहाँ बस्ने के कुन नाम थर वतन भएको हो भनि खुल्न नआएको हुँदा पहिचान गर्न कठिनाई भएको र तत्काल अनुसन्धानको क्रममा घटनास्थल लाशजाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पो.मा. को लागी मेची अञ्चल अस्पताल भद्रपुर झापाको शव गृहमा सुरक्षित साथ राखीएको हुँदा मृत लाश सनाखत गराउने प्रयोजनार्थ सो को प्रचार प्रसार गराईदिनु हुन अनुरोध गरीएको छ ।

निम्न:-
सेतो छोटो कपाल फुलेको वर्ष अं. ५५/६० को, हेर्दा आर्यन जस्तो देखीने, लाम्चो अनुहार, पातलो शरीर, उचाई अं. ५ फिट ३ ईन्च, खैरो खरानी कलरको पेन्ट र कोट लगाएको भित्र बाट रातो टि-सर्ट लगाएको ।
ईलाका प्रहरी कार्यालय दमक झापा










