प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवासमा बम विष्फोट भएको छ ।

ललितपुरस्थित हात्तिवनमा रहेको उनको निवासमा आइतबार साँझ बम विष्फोट भएको हो । विष्फोटका कारण उनको घरको पर्खालमा क्षति पुगेको छ । विष्फोटपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बम कसले पड्कायो भन्ने बारे केहि खुल्न नसकेको प्रहरीले जनाएको छ ।