काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरको धापाखेलस्थित घरमा आइतबार बेलुका बिष्फोटको घटना रहस्यमै छ। घटनामा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

बिष्फोटपछि प्रमुख यादबले रुँदै सरकारले सुरक्षा दिन नसकेको बताएका छन्। घटनापछि उनी सञ्चारकर्मीसँग भक्कानिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिष्फोटमा परी उनको मुल ढोका तथा झ्यालका सिसाहरु फुटेका छन्। कमाण्डको पर्खाल भत्किएको छ।

बिष्फोटको समय यादब घरमै थिए। उनका पिएसओका रुपमा खटाइएका २ प्रहरी पनि घरमै थिए।

घटनापछि उनको निवासको सुरक्षामा थप दुई प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए।

बिष्फोट कसले गर्याे भन्ने खुलेको छ। यादब परिवारले केही शंका लागेका व्यक्तिको नाम लिएका छन्। बिष्फोटमा संलग्नहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।