पर्सा । पर्साको बहुद्रामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रभु पट्टेल प्रक्राउ पर्नुभएको छ । उहाँलाई सामुदायिक विकास कार्यक्रममा सहभागि भएको स्थल होटल कुमु प्यालेसबाट पक्राउ गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत विवरण प्रोफाइल तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्ज आउनुभएको थियो ।

लागूऔषधको फरार अभियुक्त ठानिएका पट्टेलको मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको थियो । अदालतले उक्त मुद्धाको सुनुवाई गर्दै पट्टेललाई चार बर्षको जेल सजाय सुनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षमा वीजयी हुनुहुन्थ्यो । पट्टेललाई आजै मकवानपुर पठाइने पर्सा जिल्लाका एसपी डा. गणेश रेग्मीले जानकारी दिनुभएको छ । जनता समाचार बाट