काठमाडौं, १० वैशाख– पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । उनीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराउनुभयो । नेतृ भण्डारीले देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नदेखेको भन्दै त्यसमा सहयोग गर्न प्रवेश गरेको बताइन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले २२ वर्षअघि आफू एमालेबाट माओवादीतर्फ लागेको भन्दै पुनः घर फर्किएको घोषणा गरिन् । उनले नयाँ शक्ति पार्टी सानो र प्रभावहीन भए पनि त्यसको नेतृत्व गरिरहेका बाबुराम भट्टराई प्रभावशाली नेता भएकाले उनलाई पनि एमालेमा ल्याउन पहल गर्न ओलीलाई आग्रह गरिन । उनले अन्य थुप्रै नेता र कार्यकर्ता एमाले प्रवेश गर्न इच्छुक रहेको पनि बताइन । चक्रपथ बाट साभार