प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई जथाभावी नबोल्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले आफूले विकासको कुरा गर्दा केही बुद्धिजीविहरुले ‘महेन्द्रपथ’ भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे।

सोमबार नयाँ शक्ति पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले आफ्नो भारत भ्रमणलाई ‘लम्पसारवाद’ को संज्ञा दिएर काँग्रेस सभापति देउवाले लज्जास्पद टिप्पणी गरेको आरोप लगाए। उनले देउवाले जे पायो त्यहीँ टिप्पणी गर्ने गरेको भन्दै आपत्ति जनाए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले मुलुकलाई नोक्सान पु¥याउने गरी लेख रचना तयार पार्ने काम नगर्न ‘बुद्धिजीवि’हरुलाई पनि सचेत गराए। केही ‘बुद्धिजीवि’हरुले मुसाले कोट काटे जसरी राष्ट्रलाई नोक्सान पु¥याउने खालका काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ। उनले रारा ताललाई ‘महेन्द्र ताल’ भन्ने बुद्धिजीविहरुले देशलाई नोक्सान पर्ने भन्दै सचेत गराए।

प्रधानमन्त्री ओलीले मुलुकमा एकता हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताए। उनले मुलुकमा सामाजिक सदभाव विथोल्ने गरी भएका सबै प्रयासहरुलाई सफल हुन नदिने दृढता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन लगानी जुटाउने काममा सरकार केन्द्रित भएको पनि बताए।