काठमाडौं– प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्।

संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले पूर्वप्रेमिकाको नाममा नक्कली फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी काठमाडौं ल्याएको हो। साइबर क्राइम मुद्दामा खनालविरुद्ध कारबाही अघि बढाइएको एसपी नरेन्द्र उप्रेतीले बताए।