काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ । पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा उहाँले भन्नुभयो – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।” “अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।” नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अर्बौं रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुनःनिर्माण र नवनिर्माणको काम ढिलो गतिमा भइरहेको बताउँदै यसलाई तीव्रता दिनका लागि स्थानीय तहबाट काम शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भूकम्प प्रतिरोधात्मक भवन बनाएर क्षतिलाई न्यूनीकरण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले नयाँ पुस्तालाई जीवन्त उदाहरण बनाउन यो पुस्तकले भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रा डा खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेख्नुभएको बताउनुभयो । लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताउनुभयो । पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गर्नुभएको छ । एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा ९माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल
सवाल नेपालसंवाददातासोमबार, ९ वैशाख २०७५

पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



