ललितपुर । नेकपा एमालेबाट ललितपुर क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद नवराज सिलवालले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ को सिखर्पा स्थित सरस्वती आधारभूत विद्यालय पुगेर अभि तामाङको अभिभावकत्व लिएका छन् ।
सरकारले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई तीव्रता दिने उद्येश्यले सन्चालन गरेको यो अभियानमा सांसद सिलवालले पनि अभि तामाङको अभिभावकत्व लिदै उनलाई विद्यालय भर्नादेखि अन्य सबै काममा सहयोग गर्ने बताएका छन् ।
आइतवार भएको एक कार्यक्रममा बीच अभिभावकत्व लिदैं सिलवालले अभि तामाङका लागि चाहिने सम्पूर्ण शैक्षिक सामाग्रीको प्रबन्ध गर्ने बताउनु भयो ।
उहाँले सबै अभिभावकलाई आफ्ना छोरा छोरीलाई विद्यालय भर्ना गरेर शिक्षा दिनका लागि आग्रह गर्दै आमागी दिनमा विद्यालयको शिक्षाको गुणस्तर सुधार गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।










