दमक/नेपाली काँग्रेस नगर समितिले सरकारले ल्याएको भर्ना अभियानलाइ सार्थक तुल्याउन र साक्षरता अभियानलाइ प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

कम्तिमा पनि एकजना बालकको अभिभावकत्व ग्रहणका लागि सरकारले गरेको अनुरोधलाइ कार्यन्वयन गर्न नेपाली काँग्रेस दमकले चासो देखाएको छ । अति बिपन्न बिद्यार्थीहरुको अभिभावकत्व ग्रहणको बिषयमा चासो देखाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगर सभापति रोशन बिष्ठका अनुसार कम्तिमा पनि नगरका अति बिपन्न सिमान्तकृत तथा दलित १० जना बिद्यार्थीलाइ शुरुवातदेखि माध्यमिक तहसम्मको अध्ययनको व्यवस्था नगर समितिले गर्ने निर्णय गरेको छ ।

विष्ठका अनुसार प्रत्येक वाडबाट कम्तिमा १ जना बिद्यार्थीलाइ पार्टीले अभिभावकत्व ग्रहण गरेर आवश्यक शैक्षिक सामाग्रि सहित पोशाक समेत उपलब्ध गराउने छ ।