दमक/यो बर्ष झापाको दमकमा पनि विश्व पुस्तक दिवस मनाईएको छ । दमक जेसिज र दमक पब्लिक लाइब्रेरीले संयुक्त रुपमा विश्व पुस्तक दिवस मनाएको हो ।
एक कार्यक्रमबीच दमक जेसिजले दमक पब्लिक लाइबेरीलाइ ८० थान पुस्तकहरु प्रदान गरेको छ । दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीका अनुसार पठन सस्कृतीका बिकासका लागि आफूहरुले पुस्तक प्रदान गरिएको हो ।
लाइबेरीका अध्यक्ष भेषराज न्यौपानेका अनुसार विश्व पुस्तक दिवसको अवसरमा पुस्तक संकलन भएको जनाए । आफूहरुले पुस्तक संकलन अभियान शुरु गरेर यो दिवस मनाएको जानकारी दिए ।
कार्यक्रममा साहित्यकार मिश्र बैजयन्ती, प्रकश बुढाथोकी, विवश बलिबद्र, दमक जेसिजका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा पुस्तक उपहार दिएर यो दिवस मनाउने चलन छ । अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रबद्र्धन गर्न युनेस्कोको आह्वानमा सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ का दिन विश्व पुस्तक एवम् बौद्धिक अधिकार दिवस मनाइँदै आएको छ ।










