नेकपा एमाले नेता एवम् संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले लोकतन्त्रपछि राजनीतिक स्थायित्व आइसकेको दाबी गर्दै अब प्रशासनिक रुपमा भने संक्रमणका रहेको बताए ।
पछिल्लो समयको परिवर्तनले नेताको चरित्र परिवर्तन हुन नसकेको भन्दै पण्डितले परिवर्तनलाई अंगाल्दै जानुको विकल्प नभएको बताए ।
“गलत प्रवृत्तिलाई त्याग्दै र दण्डहिनताको अन्त्य गर्दै विकास र समृद्धिको बाटोमा हिँडनका लागि अब कसैले रोक्दैन । यही नै लोकतन्त्रको उपलब्धि हो ।” पण्डितले भने ।
लोकतन्त्र आएपछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यसपटकदेखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ ।
मन्त्री पण्डितले नेपालमा सार्वजनिक विदा धेरै भएकाले केही विदाहरु कटौति गरिएको बताए ।










