काठमाडौं । सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा डा पुष्प कडेललाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोगका सदस्यहरूमा डा कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ। छलफल बाट साभार