इटहरी– सुन्दरहरैँचा नगरपालिकामा एकै दिन तीन आत्महत्याका घटना भएका छन्। ३ वटै आत्महत्या वैसाख १० गते भएका हुन्। आत्महत्या गर्नेहरुमा एक महिला र दुई पुरुष छन्।

सुन्दरहरैचा वडा ३ घराबनीकी ३५ वर्षीया लक्ष्मी ढकाल, वडा १० का १८ वर्षीय विशाल भण्डारी र वडा ९ का अन्दाजी ३० वर्षीया किशोर विकले आत्महत्या गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आत्महत्याको प्रकृति हेर्दा पारिवारिक कारण हुनसक्ने इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी नायव उपरीक्षक रामजी कटुवालले बताए। किशोर विकले सुरुमा मादक पदार्थ सेवन गरेको र पारिवारिक कलहपछि आत्महत्या गरेको हुनसक्ने कटुवालले बताए। उनले भने, ‘विशाल भण्डारी प्रेममा परेको तर प्रेम असफल हुने भएपछि आत्महत्या भएको हुनसक्ने र लक्ष्मी ढकालबारे भने केही भन्न सकिने अवस्था छैन।’

प्रायःजसो आत्महत्यामा पैसा, परिवार र प्रेम जोडिएर आउने गरेको प्रहरी नायव उपरीक्षक कटुवालले जनाए। २०७५ साल लागेपछि मात्र सुन्दरहरैचामा ६ वटा आत्महत्याका घटना भएको प्रहरीले जनाएकोछ। नेपाल लाइभ बाट साभार