काठमाडौं, ११ वैशाख । निजी विद्यालयले गरेको चर्काे शुल्कवृद्धिको विरोधमा पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्। मंगलबार अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ती विद्यार्थि संगठनको बैठकले आन्दोलन गर्ने निर्णय गरेको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल छैंठौं र नेपाल क्रान्तिकारी बिद्यार्थी संघले संयुक्त आन्दोलन घोषणा गरेका हुन्। उनीहरुले घोषणा गरेका कार्याक्रम अन्तर्गत भोलि १२ गते शिक्षा विभागमा घेराउ तथा धर्ना दिने र १४ गते दबाबका लागि स्थानीय तहमा शुल्कवृद्धिको विरोधमा धर्ना दिने जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी बजेटमा शिक्षालाई २० प्रतिशत बजेट छुट्याउनुपर्ने, शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिनुपर्ने, विद्यालय तहको शिक्षा निशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने लगायतका कार्यक्र तया भएको अनेरास्ववियुका कार्यबहाक अध्यक्ष बर्तौलाले जानकारी दिए। साझापोस्ट बाट